राशिफल

mesh
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभ रङ : रातोमित्र राशि : सिंह, तुला, धनुभाग्यशाली दिन : आइतबार, मङ्गलबारभाग्यशाली नंबर : ७ र ९
, को राशिफल

सानातिना समस्या देखिएपनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडी बढ्न सकिनेछ । दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ । व्यापार व्यवसाय तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । धार्मिक तथा मनोरञ्जनको सवालमा यात्राको तय हुनेछ ।

ताजा समाचार

रातोपाटी पात्रो

हरेक दिनाङ्कका पर्व, दिवस तथा गतिविधिको सङ्ग्रह

हामीकहाँ आधिकारिक रूपमा प्रचलनमा रहेको विक्रम संवत् (वि.सं.) मा आधारित यस ‘रातोपाटी पात्रो’को डिजिटल संस्करणलाई ‘रातोपाटी न्युज नेटवर्क’ले प्राविधिक हिसाबले मौलिक रूपमा तयार गरेको हो । नेपाल सरकारको ‘नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति’सँग अनुमति लिएर तयार पारिएको यस रातोपाटी पात्रोमा नेपाल र नेपाली (विविध समुदाय)ले मान्दै आएका चाडपर्व तथा सांस्कृतिक गतिविधि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू समेटेका छौँ । अन्तर्राष्ट्रिय दिवसहरूलाई समेट्नका लागि यसमा ईस्वी संवत् (Anno Domini, AD) को प्रयोग गरेका छौँ । यसमा राष्ट्रिय चाडपर्वहरूसँगै विदेशी मुद्रा विनिमय दर, सुनचाँदीको भाउ, शुभसाइत, सार्वजनिक बिदाहरू, पेट्रोल मूल्य, फलफूल तथा तरकारी मूल्य, ईभी चार्जिङ स्टेसनदेखि राशिफलसम्म हेर्न सक्नुहुन्छ ।

यस्तै मिति परिवर्तन, ईएमआई क्याल्कुलेटर, भ्याट क्याल्कुलेटर र ब्याज क्याल्कुलेटरको सुविधा लिन सक्नुहुन्छ । अहिले हामीले वि.सं. १९९० देखि २१०० सम्मका गते, बार र दिवसहरू समेटेका छौँ । यो बिचमा पर्ने इस्वी संवत्का तारिख र बारहरू आएका छन् । चलिरहेको वर्षको भने पञ्चाङ्ग (तिथि, वार, नक्षर, योग र करण) हेर्न सक्नुहुन्छ । यो प्रारम्भिक चरणमा छ । हामीले संवत्सर (सम्पूर्ण ऋतुको एक चक्र), चाडपर्वसँग सम्बन्धित विभिन्न समुदायका संस्कार र संस्कृतिहरूका बारेमा रातोपाटीले प्रकाशन गरेका वा तयार पारेका आलेख वा प्रबन्धहरू जोड्दै जानेछौँ ।